सत्य साई बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा मुकेशमान श्रेष्ठ निर्वाचित
बुटवल,चैत २३
सत्य साई बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलको अध्यक्षमा मुकेशमान श्रेष्ठ निर्वाचित हुनुभएको छ । सत्य साई बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलको प्रारम्भिक साधारण सभा तथा अधिबेशनले चयन गरेको नयाँ नेतृत्वको उपाध्यक्षमा उपेन्द्रमान श्रेष्ठ,सचिवमा गजेन्द्र कुमार कायस्थ, कोषाध्यक्षमा रमेश जंग थापा, सदस्यहरुमा अशोक कुमार श्रेष्ठ, कमलराज उदय, बिरेन्द्रपति तुलाधर, धनु श्रेष्ठ, संजयमान सैजु रहनुभएको छ ।
सत्य साई बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सुनाखरी बचत तथा ऋण सहकारी संस्था मर्जर भई यही फागुन ५ गतेदेखि एकीकरण गरी बनेको संस्थाको नयाँ नेतृत्व चयन भएको हो । त्यस्तै लेखा समिति सदस्यमा बासुदेब श्रेष्ठ र भगवती श्रेष्ठ चयन हुनुभएको छ ।
संस्थाका तदर्थ समितिका अध्यक्ष मुकेशमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका सहकारी विभाग प्रमुख गुणाखर खनालको प्रमुख अाितथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै खनालले सहकारीले सेयर सदस्यहरुको आर्थिक मेरुदण्डको रुपमा रहेकाले यसको विकास र सेयर सदस्यको समृद्धिका लागि सबैको सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष मुकेशमान श्रेष्ठले आ.व. २०७७ ÷०७८ को अध्यक्षको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष रमेशजंग थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मतले पारित गरेको छ ।हाल सस्थामा ३ सय ४८ जना सदस्य रहेका छन् । जस मध्ये १८९ पुरुष र १५९ महिला रहेका छन् ।
त्यस्तै गरी साधारण सभामा प्रज्ज्वल थान्जु, निर्मलप्रसाद लाकौल, विष्णु पुरी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम सञ्चालक समिति सदस्य अशोक श्रेष्ठको स्वागत, संस्थाका सचिव तथा प्रबन्ध सञ्चालक गजेन्द्र कुमार कायस्थको सञ्चालनमा सम्पन्न भएको थियो ।





प्रतिकृया दिनुहोस