तिहारमा स्थानीय फूलमाला प्रयोग गर्न बुटवल नगरको आग्रह
बुटवल,कार्तिक ११
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले नेपालीहरूको महान् पर्व शुभ दीपावली पर्वका अवसरमा प्लास्टिकजन्य फूल तथा माला प्रयोग नगर्न नगरवासीलाई आग्रह गर्नुभएको छ।
नगर प्रमुख पाण्डेयले एक अपिल जारी गर्दै तिहार तथा छठ पर्वमा प्लास्टिकजन्य फूल तथा माला प्रयोग गर्दा वातावरण प्रदूषण हुने र मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले स्थानीय रूपमा उत्पादित फूल तथा माला प्रयोग गर्न आग्रह गर्नुभएको हो।
उहाँले चाडपर्वका अवसरमा वातावरण संरक्षणलाई प्राथमिकता दिँदै स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभएको छ। बुटवल उपमहानगरपालिका क्षेत्रभित्र प्लास्टिकजन्य फूल तथा मालाको प्रयोगलाई निरुत्साहित गर्दै स्थानीय उत्पादनको प्रवद्र्धन गर्नुपर्ने उहाँको भनाइ छ।
नगर प्रमुख पाण्डेयले तिहार तथा छठ पर्वमा स्थानीय रूपमा उत्पादित फूल तथा मालाको प्रयोग गर्न अनुरोध गर्दै नगरवासीमा शुभकामना व्यक्त गर्नुभएको छ। बुटवल उपमहानगरपालिकाले वातावरणमैत्री पर्व मनाउने अभियानलाई प्रोत्साहन गर्दै स्थानीय उत्पादनको उपयोगमार्फत वातावरण संरक्षणमा सहयोग पु¥याउन नगरवासीलाई आह्वान गरेको हो ।




प्रतिकृया दिनुहोस